
चिनबाट आइपुग्यो १० लाख डोज खोप
काठमाडौं, कार्तिक १० –
सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप नेपाल आएको छ ।
खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार ‘भेरोसेल’ खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो ।
दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तर्गत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।
यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


