देवचुली नगरपालिकामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

देवचुली
पुर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं २ हमाल चोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बिहिबार राती करिब ९स् ३० बजे टिप्पर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको हो । पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३५४ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु १२ प ५७६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकल चालक देवचुली १४ का ३५ बर्षीय तिलक कुमार डिसुवाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले ह्याप्पी एफ.एमलाई जानकारी दिएको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक नियज्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु