आईपीएलमा चेन्नाई १३ रनले विजयी

१९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ ।

महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेलमात्रै जितेको थियो ।

टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।

हैदरावादको शुरुवात राम्रो थियो । सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो । यसै ओभरको अन्तिम बलमा अभिषेक शर्मा ३९ रन बनाएर आउट भए ।

हैदरावादका लागि निकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । यसैगरी डेभोन कोनवेले अविजित ८५ रन बनाए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझेदारीको यो नयाँ रेकर्ड हो । गायकवाड प्लेयर अफ द म्याच भए ।

ऋतुराजपछि कप्तान धोनी पिचमा आए तर उनी ८ रन मात्रै बनाएर आउट भए । रविन्द्र जडेजा १ रन मात्रै जोडे ।

बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु