सर्वोच्चका न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् ।

न्याधीहरूको निर्णयलाई सहयोग गर्ने गरी  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।

एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास गठन गरेका हुन् ।

१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु