
आजदेखि मौसम खुल्ने, पूर्ण सुधार हुन समय लाग्ने
चितवन,माघ १२-
मंगलबारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन्। तर पूर्ण रुपमा भने खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ।
यसको प्रभावले मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ।
यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


