तनहुँको व्यासमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो,दुईको मृत्यु

दमौली,माघ १८-

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु