बिपन्न बर्गका ६५ जना बालबालिकाहरुलाइ किवनिजले गर्‍यो सहयोग

काठमाडौं: अन्तरराष्ट्रिय स्वयमसेवी संस्था किवनिज अन्तर्गतको नेपालमा कार्य गर्दै आएको एक संस्था किवनिज क्लब अफ हिमालय नेपालले ललितपुर १४ स्तिथ चोइना विना गुरु गणेश आधारभूत सरकारि बिद्यालय (जहाँ अति बिपन्न बर्गका ६५ जना बालबालिकाहरु पढ्ने गर्छन) मा स्कुल ब्याग, स्टेशनरी सामग्री, खाजा, जूस, मास्क, साबुन, भिटामिन सि लगायत बिबिध सामग्रीहरु वितरण गरेको छ।

 

 

उक्त क्लबले बिगत ५ बर्ष देखि उक्त स्कुलमा बर्सेनि गरीब बालबालिकाहरु पढ्न सहयोग पुग्ने गरि बिबिध सहयोग गर्दै आएको कुरा क्लबका सस्थापक अध्यक्ष तथा लेउटिनेन्ट गभर्नर युबराज नेउपानेले बताए। कार्यक्रमका प्रमुख अतिथि गभर्नर मोहन लम्सालले क्लबको उत्पती र यसका कार्यहरुको बारेमा प्रकाश पारेका थिए । किवनिज नेपाल बोर्डका केन्द्रिय प्रतिनिधिहरु, सल्लाहकार तथा हिमालय क्लबका पदाधिकारी हरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रमलाइ क्लबका अध्यक्ष रोहित पराजुलिले अध्यक्षता गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु