गीतकार मिरा देवी राइको ‘सोल्टिनी’ सार्वजनिक
काठमाडौं– प्रबाशमा रहेर पनि निरन्तर रुपमा नेपाली गीत संगीतलाई माया गर्ने गीतकार मिरा देवी राइको शब्दमा नयाँ गीत ‘सोल्टिनी‘ सार्वजनिक भएको छ। गीतमा पालुवा स्टार गायक रोशन राइ र कर्णप्रिय स्वरकी धनी गायिका मेलिना राइको स्वर रहेको छ।
गीतलाई बिक्रम राइले संगीत गरेका हुन भने संगीत सम्योजन पुरुशोत्तम सुबेदिले गरेका हुन।
पुर्बेली भाकामा रहेको गीत ‘सोल्टिनी’ निकै मिठो र सुनौ सुनौ लाग्ने बनेको छ। गीतको भिडियो लगाएत सम्पुर्ण बिधा अब्बल देखिएको छ।
हिरा राइ र चिरण राइको अभिनय रहेको उक्त भिडियोको निर्देशन राजन राजेश पुमा राइले गरेका हुन। भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकास दहालले गरेका हुन।
भिडियोलाई मिरा देवी राइ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



