तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नवलपरासी(पूर्व)– मध्यबिन्दु नगरपालिका-११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-२ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । स्रोत: नेपाल प्रहरी

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु