जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

१९ कात्तिक, जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही रहेका छन् । अर्का एक जनाको भने नाम खेलेको छैन ।

घाइतेहरूमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालकहुन् ।

गाडीमा १० जना रहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु