
पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध
१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ ।
राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् ।
प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए । तर सञ्चारकर्मीलाई प्रवेश दिइएन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]