एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : पहिले सरकारको धारणा आओस्

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए ।

‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ‘पहिले सरकारको धारणा आओस् ।’

ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको बताएका भट्टराईले जानकारी दिए । उनले अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने पनि बताएका भट्टराईले अनलाइनखबरलाई बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु