गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘मिलन मा विछोड’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘मिलन मा विछोड’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो पछील्लो गीत हो।

उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन ।
अंम्गाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न । हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका हुन्छ्न उनी वास्तविक र यथार्थ घटनाक्रमहरुलाई लेखन मार्फत समाजको यथार्ततालाई उतार्ने गर्छ्न।
अंम्गाईकै शब्दमा भर्खर दुई हप्ता पहिले मात्र ‘जमानत गुमायौ’ नामक गीतले थोरै समयमै धेरै दर्शक स्रोताको मन जित्न सफल भएको थियो।
आखा आँखा जुधी, माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देस र विहानीको घामको झुल्को उनका चर्चित गीतहरु हुन ।
उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीर्हेका छ्न र यो बर्षा गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कार मा उत्कट दस जना गीतकार भित्र आखा आँखा जुधी गीत बाट नोमिनेसनमा परिसकेका छ्न ।
सार्वजनिक गीत ‘मिलन मा विछोड’ प्रेमिकाद्वारा धोका पाएको सामाजिक घटनालाई अत्यन्तै मार्मिक तरिकाले उतारिएको बताउछन गीतकार अंम्गाई।

गीतमा ध्रुव प्रसाद अंम्गाईको शब्द ,सङ्गीतकार राजेश थापाको सङ्गीत, विषम आचार्यको संगीत सम्योजन रहेको छ भने गायक किरण भुजेलले गीतलाई निकै मार्मिक तरिकाले गाएका छन।
सह्गुन न्यौपाने र दिपेस परियारले अभियान गरेका छ्न , भने मुक्तीनाथ टिमले भिडियोको निर्देश गरेका छ्न , क्यामरा सुबिन गोदार भिडियो ईडिट प्रकाश एस के गरेका हुन !
सगुन न्यौपाने अनी दिपेश पारीयारको अभिनय रहेको उक्त भिडियोलाई मुक्तिनाथ टीमले निर्देशन गरेका हुन भने सुबिन गोदारले खिचेका हुन।
चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले पहिलो प्रहरलाई जानकारी गराए ।
भिडियो
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]