
प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डद्धारा बुद्धिमान परियार सम्मानीत
काठमाडौं । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य तथा नेकपा एमालेका युवा नेता बुद्धिमान परियार हालै भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘डा.अम्बेडकर ब्रदरहुड ईन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानीत हुनुभएको छ ।
गीतकार समेत रहेका परियारले देशका उत्पीडित तथा सीमान्तकृत जनताको हक, अधिकार प्राप्तिका लागि खेल्नुभएको भूमिकालाई मुल्यांकन गर्दै उक्त अवार्डद्धारा विभुषित गरिएको एकेडेमीले जनाएको छ ।
ताप्लेजुङका परियार विद्यार्थी कालमा नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुमा सक्रिय थिए । त्यसयता अनवरत रुपमा एमालेमा सक्रिय उनि हाल नेकपा एमाले, १ नम्बर प्रदेश कमिटि सदस्य छन् । गत मंसीर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट १ नम्बर प्रदेश सभाका लागि समानुपातिक–दलित पुरुष तर्फको सुचीमा १ नम्बरमा रहेर पनि समावेशी कोटा निर्धारण गर्दा उनि प्रदेश सभा सदस्य बन्ने अवसरबाट वञ्चित भएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]