स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित भारतीय नागरिक पक्राउ

२४ भदौ, काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु