
म्याग्दीको बेनी बजारमा आगलागी
२६ साउन, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।
बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।
रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पडि्कएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



