
प्रचण्डको उपस्थितिमा जनमक्ति सेनाको कार्यक्रम हुँदै
काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आगामी माघ २१ गते काठमाडौंमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
सत्तारुढ दल नेकपा विभाजनपछि पूर्व जनमुक्ति सेनाका लडाकूहरु दुवै पक्षबाट तानातानमा परेका छन् । केही समय अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका केही पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा लडाकूहरुलाई ओलीले उचित व्यवस्थापन गर्ने आश्वसन दिएका थिए ।
तत्कालीन सरकार र विद्रोही माओवादीबीच भएको बृहत शान्ति सम्झौतापछि अयोग्य भनेर विदा गरिएका ४००८ जना लडाकूहरुका साथै जनयुद्धका घाईते, अपाङ्ग र वेपत्ताहरुका वारेमा पनि उक्त कार्यक्रममा छलफल हुने बर्हिगमित जनमुक्ति सेनाका संयोजक अर्जून बुढाथोकीले बताए । १३ बर्षकै उमेरमा माओवादी जनयुद्धमा होमिएका उनी पूर्व माओवादी सेनाका प्लाटुन कमाण्डर हुन् ।
सो कार्यक्रममा अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललगायतका वरिष्ठ नेताहरु समेत सहभागी हुने जनाईएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




