
राम,सिता, लक्ष्मण र हनुमानका मूर्ति जलाभिषेक गरियाे
चितवन माडि । काठमाडौंकाे बालुवाटारमा बुधबार प्रधानमन्त्री केपि शर्मा अाेलिले राम,सीता,लक्ष्मण र हनुमानकाे मूर्ति पुजागरि अाज अायाेध्यामा पुराइ त्यँहा निर्माण गरिएकाे मन्दिरमा प्रतिस्थापना गरिएकाे हाे । याे अबसरमा प्रदेश नं ३ का प्रमुख बिष्णु प्रसाई, प्रदेश नं२ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्यानमन्त्रि भानुभक्त ढकाल, बाग्मति प्रदेशका मुख्यमन्त्रि डाेरमणि पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा मन्त्रि ढकालले धार्मिक पर्यटनका लागि याे काम महत्वपूर्ण सावित हुने बताएका छन् । राजनितिक अाग्रह पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडिकाे अायाेध्यापुरिमा नै जन्मिएकाे उहँाले दाबि गर्नुभयाे । अायाेध्यामा ब्यवस्थापन समितिका संयाेजक तीर्थ भुसालले अध्यक्ष्यतामा भएकाे कार्यक्रमा माडि अायाेध्याका अनुसन्धानकर्ता लाेकमणि पाैडेल, माडि नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माडि नगरपालिकाका उपप्रमुख ताराकजि महताेलगाएतले धामकाे विकासमा सबैकाे सहयाेग अावश्यक पर्ने बताउनु भयाे । बाजागाजा र भजनकिर्तन सहित मूर्ति प्रतिस्थापना गरिएकाे थियाे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


