चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

देश, बैशाख ०२ स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले आज जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध गरेको छ । अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको अपिल छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु