स्याङ्जामा जिपको ठक्करले बालकको मृत्यु

२६ भदौ, काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु भएको छ ।

शनिबार बेलुका ५ बजे पुतलीबजार नगरपालिका–१० राङ्खोला समताटोल भित्री सडकमा लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा ६ वर्षका आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । जिप चालक पुतलीबजार–१० राङ्खोलाका निरज शाही फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु