
विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी
३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ ।
प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ ।
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो ।
‘भित्र अध्यक्षज्यू र मेरो कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् । दराजहरु खोलिएका छन् । यहाँ भएका कागजातहरु लिएर गएको देखिन्छ’ उनले भनिन् ।
ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले बताइन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


