नेपालबाट भारतमा डिजेल र पेट्रोल तस्करी गरेको आरोपमा ८४ जना पक्राउ

१२ चैत, काठमाडौं । ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु