ओखलढुंगाको चिसङ्खुगढीमा आगलागी स्याउलाले निभाउने प्रयास

४ फागुन, विराटनगर । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ । आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन ।

बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको ‘संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेकेा उनले बताइन् ।

‘मंगलबार रातिबाट आगलागी सुरु भएको थियो । निभाउने प्रयास जारी छ ,’ उनले भनिन्, ‘विकट ठाउँ भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु