
बर्हिगमित जनमुक्ति सेनाको अध्यक्षमा अर्जुन बुढाथोकी पुनःनिर्वाचित
काठमाडौं । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन कमाण्डर अर्जुन बुढाथोकी पुनः अध्यक्षमा चुनिएका छन् ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उक्त सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका पूर्व लडाकूहरुलाई उचित व्यावस्थापन गर्न नसकेको स्वीकार्दै अब उनीहरुलाई प्रदेश स्तीरय पार्टी कमिटि बनाएर संगठीत गर्ने आश्वसन दिए ।
सोही सम्मेलनबाट बर्हिगमित जनमुक्ति सेनाको बरिष्ठ उपाध्यक्षमा रवि श्रेष्ठ, उपाध्यक्षमा शोभा पराजूली, सचिवमा महेन्द्र परियार, कोषाध्यक्षमा छाँया सिग्देल र प्रवक्तामा प्रदिप ढुंगेल निर्वाचित भएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]