पुनर्वासमा दुईवटा कोल्ड स्टोर बन्दै, सहकारी संस्थाहरू निकट भविष्यमा गाभिने

सुनिलकुमार लो
कञ्चनपुर, २९ पुस ।
पुनर्वास नगरपालिकामा दुईवटा कोल्ड स्टोर बन्ने भएको छ । एउटा पुनर्वास ५ स्थित भानु युवा क्लबको मैदानमा र अर्को पुनर्वास ६ प्रतिभानगर टाउनको पुनर्वास सहकारी संस्था लिमिटेडको जमिनमा बन्ने भएको हो । भानु क्लबको मैदानमा बन्न लागेको कोल्ड स्टोर (चिस्यान केन्द्र) प्रदेश सरकार मार्फत बन्न लागेको हो । त्यसैगरी प्रतिभानगरमा बन्न लागेको कोल्ड स्टोरको लागि पनि दुई करोड रकम बजेट  आईसकेको नगरप्रमुख जीवनराज थापाले बताउनुभयो ।   पुनर्वासको सबैभन्दा पुरानो सहकारी पुनर्वास सहकारी संस्था लिमिटेडको अट्ठाईसौं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा बुधबार नगरप्रमुख थापाले सो कुराको जानकारी गराउनुभएको हो ।
त्यसैगरी  नियम कानून बनिसकेको र माघ महिना भित्रै हुन लागेको नगर सभाले छ्लफल गरि  हाल  पुनर्वासमा सतचालिस वटा सहकारीहरुलाई निकट भविष्यमा मर्ज प्रक्रियामा   लैजाने उहाँले  जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।