
एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन
९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् ।
सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिए । एटीएममा धेरै मान्छेको आउँजाउँ भइरहने र यसबाट पनि संक्रमण फैलन सक्ने सम्भावना रहेका कारण सतर्कताका लागि यस्तो निर्देशन जारी गरिएको ति अधिकारीले बताए ।
एटीएमका ढोकाहरु पनि खुलै राख्नु राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राष्ट्र बैंकले निर्देशन दिएको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


