सुकुम्बासीद्वारा नगरपालिका घेराउ ! नगरप्रमुखको विज्ञप्ति, तत्काल सुकुम्बासीको लगत संकलन गर्छौं

 

हेमन्त न्यौपाने

कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्बासीले सुकुम्बासी समस्या समाधान गर्न पटकपटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आज नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी समेत गर्ने योजनाका साथ आन्दोलनमा उत्रिएपछी नगरप्रमुख जीवनराज थापा आत्तिएका छन । उनले नगरपालिका भवनमै तालाबन्दी सम्म हुने स्थिति शृजना भएपछि तत्काल सुकुम्बासीको लगत संकलन गर्ने विज्ञप्ति निकालेका छन ।

स्थानीय निर्वाचनमा आफुलाई मतदान गरे सुकुम्बासीलाई लालपुर्जा दिने चुनावी प्रतिबद्धता गरेका थापा मेयर भएयता सो विषयलाई वेवास्ता गर्दै आईरहेको सुकुम्बासीहरु बताउछन ।

नगरप्रमुख थापाद्वारा जारी विज्ञप्ति ।

यस अघि भुमिहिन सुकुम्बासीहरुसंग सुकुम्बासी समस्या समाधान गर्ने अधिकार स्थानीय तहसंग नभएकाले केन्द्रिय आयोगले यसको समाधान गर्ने तर्क राख्दै आएका थिए । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरि देशका विभिन्न जिल्लामा काम गरिरहेको छभने कञ्चनपुरकै कञ्चनपुरका ९ स्थानीय तह मध्य कृष्णपुर, बेदकोट, भीमदत्त, महाकाली र शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिका सहित ७ वटा स्थानीय तहमा सुकुम्बासी समस्या समाधानका लागि आयोगले सम्झौता समेत गरिसकेको छ ।

Sagoon Host

तर पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाको वेवास्ताका कारण सुकुम्बासी समस्या समाधानका लागि कुनै पहल नचालिएको आन्दोलित सुकुम्बासीहरु बताउछन ।

“चुनावी नारामा सुकुम्बासीलाई लालपुर्जा दिन्छौ भन्ने तर आयोग गठन भएर देशभर पुर्जा वितरण भैरहदा समेत पुनर्वासका मेयरले वेवास्ता गर्नुले हाम्रो विश्वास माथी कुठाराघात भएको छ, हामीले हाम्रा लागि मेयरले केहि नगर्ने रहेछन भनेर नगरपालिका घेराउ गर्न आएका हौं” पुनर्वास नगरपालिका ६ का राम बहादुर सुनारले बताए ।

20% OFF SAGOON

सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा बसोवास गर्ने भूमिहीन र सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिने भएको हो । भूमिहीन, सुकुम्बासीलाई उनीहरूले १० वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गरिने भूमिसम्बन्धी समस्या समाधान आयोगले जनाएको छ ।

आयोग र १७ वटै स्थानीय तहबीच लालपुर्जा वितरण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले स्थानीय तहहरूले आ–आफ्नो तहमा रहेका भूमिहीन, सुकुम्बासीको लगत संकलन गरेपछि लालपुर्जा विगतरण थालिने जानकारी गराए । लगत संकलन कार्य सुरु भएका स्थानीय तहमा तत्काल पुर्जा वितरण गरिने अध्यक्ष ज्ञावलीले बताए ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगंगा, घोडाघोडी, टीकापुर र भजनी नगरपालिका तथा कैलारी र जानकी गाउँपालिकामा बसोवास गरिरहेका भूमिहीनलाई जग्गाको लालपुर्जा दिइने आयोगले जनाएको छ ।

विगत १० वर्षदेखि बसोवास हुँदै आएको वन क्षेत्र नभएको र हदबन्दी भएको जग्गा मात्रै जग्गा वितरण गरिने आयोगले जनाएको छ । आयोगअनुसार अन्यत्र जग्गा जमिन भएका, तर जग्गा ओगटेर बसेकाहरूले जग्गा पाउने छैनन् भने नदी, खोला, सडक, धार्मिक तथा सांस्कृतिक क्षेत्रवरिपरिको जग्गा वितरण गर्न नपाउने व्यवस्था आयोगले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।