
कांग्रेस नेतृ तथा सांसद लिम्बुद्धारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं । माननीय सांसद तथा कांग्रेस नेतृ महेन्द्र कुमारी लिम्बुले नेपाली कांग्रेसको काठमाडौंमा हुने १४ महाधिवेशनमा आदिवासी जनजाति महिला कोटामा केन्द्रिय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सांसद लिम्बु हालै सम्मन्न नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको महासमिति सदस्य रहिसक्नुभएको छ । उहाँ एउटा कुशल, साहसिक साथै विकासप्रेमी नेतृका रुपमा समेत परिचित हुनुहुन्छ । झापाको लखनपुरमा निर्माणाधीन आदिवासी अन्तर्राष्ट्रिय रंगशालादेखि अन्य विभिन्न विकास परियोजनाहरुको कार्यान्वयनका लागि उहाँ अहिले पनि निरन्तर खटिरहनुभएको पाईन्छ ।
उहाँका पिता लप्टन मुगाधन राई २००७ सालको जनक्रान्त्रीका एक कमाण्डर हुनुहन्थ्यो । माननीय लिम्बू पंचायतकालको कठोर समयदेखि नै नेपाली कांग्रेसको राजनीतिमा अनवरत रुपमा क्रियाशील रहिआउनुभएको छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


