आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै

३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो । दुबईस्थित दुबई इन्टरनेशन […]

यो पनि पढ्नुहोस

एस्टन भिल्लाले एभरटनलाई हरायो

काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनमाथि ३-० को शानदार जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा एस्टन भिल्लाका लागि म्याटी क्रस र लियोन बेलीले एक-एक गोल गरे । एभरटनका लुकास डिनेले एक आत्मघाती गोल गरे । एस्टन भिल्लासँग हारेपछि एभरटनको यस सिजन चार खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । खेलको […]

यो पनि पढ्नुहोस

मलेसियाका मुनियाण्डीले भैरहवाबाट ईपीएल खेल्ने

३१ भदौ, काठमाडौं । मलेसियाका अलराउण्डर शर्भिन मुनियाण्डीले भैरहवा ग्लाडिएटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले बिहीबार विज्ञप्ति जारी गरेर २५ वर्षीय मुनियाण्डीलाई अनुबन्ध गरेको जनाएको छ । भैरहवाले मुनियाण्डीलाई चौथो विदेशीको खेलाडीको रुपमा भित्र्याएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले यसअघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल,  श्रीलंकाका बलर धम्मिका […]

यो पनि पढ्नुहोस

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]

यो पनि पढ्नुहोस

श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा

२९ भदौ, काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका […]

यो पनि पढ्नुहोस

अमेरिकामाथि नेपालको शानदार जित

२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।  ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै […]

यो पनि पढ्नुहोस

जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

२८ भदो, काठमाडौं ।  विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए । दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए । यसपटक भने […]

यो पनि पढ्नुहोस

क्वालिफायर एम्मा राडुकनुले जितिन् युएस ओपन उपाधि

काठमाडौं । बेलायती क्वालिफायर एम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । १८ वर्षीय टिनएजर राडुकानुले वर्षको अन्तिम ग्राण्ड्सलाम जित्दै ४४ वर्षपछि बेलायतलाई महिलातर्फ पहिलो ग्राण्ड्सलाम उपाधि दिलाइन् । न्युयोर्कको फ्लसिङ मिडोजमा भएको फाइनलमा राडुकानुले क्यानडाकी लेलाह फर्नान्डेजलाई ६-४, ६-३ ले पराजित गरिन् । पछिल्लो पटक बेलायतकी भर्जिनिया वेडले १९७७ मा विम्बलडन ओपनको उपाधि […]

यो पनि पढ्नुहोस

हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित

काठमाडौं । एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर लेभरकुनलाई उसैको मैदानमा ४-३ ले पराजित गरेको हो । डर्टमण्डका लागि युलियन ब्रान्ट र राफेल गुरेइरोले एक/एक गोल गरे । हालान्डले ७७औं मिनेटमा गोल […]

यो पनि पढ्नुहोस

मेसीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे जित

२५ भदौ, काठमाडौं । कप्तान लिओनल मेसीले ह्याट्रिक अर्जेन्टिनाले विश्वकप फुटबलकाे  दक्षिण अमेरिकी छनोटमा बाेलिभियालाई पराजित गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हराएकाे हो । खेलकाे १४ औं मिनेटमै गाेल गर्दै अग्रता दिलाएका मेसीले दाेस्राे हाफमा दुई गाेल गरे । उनले ६४ अाैं मिनेटमा दाेस्राे गाेल गरेका थिए भने ८८ अाैं मिनेटमा […]

यो पनि पढ्नुहोस