बागमतीमा नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

११ कात्तिक, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत […]

यो पनि पढ्नुहोस

जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ : अध्यक्ष नेपाल

कञ्चनपुर, कात्तिक ११- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताउनुभयो । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले सङ्गठन निर्माण […]

यो पनि पढ्नुहोस

१५ दिनमा नै मन्त्री पद त्यागेका चितवनका खनाल फेरि आज वाग्मती प्रदेशको मन्त्री बन्दै

चितवन, कात्तिक ११- चितवनको एकीकृत समाजवादीका प्रदेश सांसद कृष्णप्रसाद खनाल फेरि आज मन्त्रीको रुपमा शपथ लिँदै छन् । वाग्मती प्रदेशमा समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित भएपछि खनालले पनि आज प्रदेश मन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएपछि सामाजिक विकास मन्त्री बनेका खनाल निर्वाचन आयोगमा नेपाल […]

यो पनि पढ्नुहोस

१८ दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, कात्तिक ११- प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। एमालेको अवरोध पछि १८ दिनका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । त्यस्तै आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना […]

यो पनि पढ्नुहोस

एमाले अधिवेशन : आफ्नै क्षेत्रमा घनश्याम भूषाल पक्ष उम्मेदवार पराजित

११ कात्तिक, बुटवल । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् । नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ […]

यो पनि पढ्नुहोस

एमालेको स्थायी कमिटी बैठक बस्दै

११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ […]

यो पनि पढ्नुहोस

अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ : प्रधानमन्त्री देउवा

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा […]

यो पनि पढ्नुहोस

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरण : यत्रो चर्चा हुनुपर्ने विषय नै थिएन

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धुलिखेलमा चढेको जिपलाइनबारे नकारात्मक टिप्पणी भएकामा असन्तुष्टि जनाए । ‘म एक रातका लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि यहाँ चढ्न रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढे । नेपाली जनताले बुझ्ने कुरा हो’ चितवनमा पत्रकारसँगको कुराकानीमा उनले भने । देश बाढीपहिरोमा डुबेको […]

यो पनि पढ्नुहोस

सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]

यो पनि पढ्नुहोस

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

९ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति […]

यो पनि पढ्नुहोस