चर्चित र्‍यापर लाउरे ब्राउन सुगर कारोबारी !

पोखरा, १५ पुस-चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ । कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक […]

यो पनि पढ्नुहोस

अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

एजेन्सी न्युयोर्क, १५ पुस अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले […]

यो पनि पढ्नुहोस

ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

काठमाडौं, १५ पुस- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् । उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका […]

यो पनि पढ्नुहोस

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

काठमाडौं, १६ पुस नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् । ‘हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ । […]

यो पनि पढ्नुहोस

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

काठमाडौं, १५ पुस-महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा भौतिक मन्त्रालयको बेरुजु नाै अर्ब ५७ करोड २१ लाख पुगेको छ । यसैगरी स्थानीय तहको बेरुजु आठ अर्ब २६ करोड, रक्षा मन्त्रालयको एक अर्ब ७८ करोड, सहरी विकास मन्त्रालयको एक अर्ब २३ […]

यो पनि पढ्नुहोस

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

तनहुँ, १५ पुस जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर गाह्रो लगाउन नमिल्ने यी ढुंगा अस्तित्वविहीन जस्तै थिए । यति मात्रै हाेइन चुच्चे ढुंगाकै कारण वस्तुभाउ चराउन र घाँस दाउरा […]

यो पनि पढ्नुहोस

लेखनाथ न्यौपानेको १० बुँदे फरक मत- प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन (पूर्णपाठसहित)

काठमाडौं, १५ पुस -नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक पेस प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव […]

यो पनि पढ्नुहोस

स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ

सुनसरी भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका-५ का १८ वर्षीय किशोर र २१ वर्षीय सुरज भुजेल रहेका छन । चोरी भएको […]

यो पनि पढ्नुहोस

जबरजस्ती करणी गरेको अभियोगमा ८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरुल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ७ जनालाई मंगलबार र १ जनालाई […]

यो पनि पढ्नुहोस

अब उदयपुरबाटै ई-पासपोर्ट पाइने

उदयपुर, १५ पुस– जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लािग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएकाे छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ […]

यो पनि पढ्नुहोस