सरकार र डा. केसी पक्षको वार्तामा ढिलाइ, आन्दोलन गर्ने चेतावनी

२३ असोज, काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको […]

यो पनि पढ्नुहोस

डब्ल्यूपीएफलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

२३ असोज, काठमाडौं । सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)लाई प्रदान गरिएको छ । शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । डब्ल्यूएफपीलाई यो पुरस्कार भोकमरीविरुद्धको प्रयास, युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधारको लागि पुर्‍याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको कामको कदर गर्दै डब्ल्यूएफपीलाई […]

यो पनि पढ्नुहोस

विमस्टेकको शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

२३ असोज, काठमाडौं । कोभिड–१९ को संकटका बीच वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने प्रस्ताव आयोजक मुलुक श्रीलंकाले गरेको छ । छिट्टै नै सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ । चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्षता लिएको श्रीलंकाले सम्मेलनको तयारी अगाडि बढाएको […]

यो पनि पढ्नुहोस

उपभोग्य वस्तुमा नयाँ मिति प्रकरणमा थप दुई जना पक्राउ

२३ असोज, काठमाडौं । म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् । कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘पक्राउ परेकाहरु कलंकीस्थित आयन र बाफलको […]

यो पनि पढ्नुहोस

दुर्गमको पीडा : अस्पताल पुग्न नपाउँदै जान्छ सुत्केरीको ज्यान

२३ असोज, कैलाली । बाजुराको बुढीनन्दा नगरपालिका वडानम्बर ४ की २३ वर्षीय अम्बकला रोकायालाई बिहीबार व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन । स्वास्थ्य इकाइमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र […]

यो पनि पढ्नुहोस

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

२३ असोज, काठमाडौं । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको तिम्सिनाले  बताए । […]

यो पनि पढ्नुहोस

गोरेटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

२३ असोज, काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ । घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो । निक प्रवक्ता सन्तोष वल्लभ […]

यो पनि पढ्नुहोस

धमाधम हुँदैछन् सार्क मन्त्रीस्तरीय बैठक, शिखर सम्मेलन अझै अनिश्चित

२२ असोज, काठमाडौं । शिखर सम्मेलनको अनिश्चियका बीच केही महिनायता नेपालको अध्यक्षतामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को विभिन्न मन्त्रीस्तरीय वैठक धमाधम भइरहेका छन् । कोभिड–१९ का कारण वैठक भर्चुअल माध्यममार्फत भएका छन् । बिहीबार सार्क राष्ट्रका शिक्षा मन्त्रीहरुको वैठक भयो । वैठकमा कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेका नकारात्मक प्रभावलाई कसरी मिलेर काम गर्ने भन्ने […]

यो पनि पढ्नुहोस

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने

३ असोज, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वाेच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको हो । यस्तो अभ्यास उत्तर कोरियाले समयम समयमा […]

यो पनि पढ्नुहोस

डेब्यू खेलमा काल्भर्ट–लेविनको गोल, इंग्ल्याण्ड विजयी

डोमिनिक काल्भर्ट–लेविनले डेब्यू खेलमा गोल गर्दा इङ्ल्याण्डले वेल्सलाई मैत्रिपूर्ण खेलमा ३–० गोलअन्तरले हराएको छ । फर्ममा रहेका एभर्टनका स्ट्राइकरले खेलको २६ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा सिजनको १० औँ गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा काइरियन ट्रिपियरको पासमा कोनोर कोडीले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्याण्डको अग्रता दोब्बर बनाए । खेलको […]

यो पनि पढ्नुहोस