रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । रोनाल्डोले ७ नम्बर  लगाउने भएपछि […]

यो पनि पढ्नुहोस

काठमाडौंका सफाइकर्मीलाई खाद्यान्‍न र स्वच्छता सामग्री वितरण

१८ भदौ, काठमाडौं । काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ । वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए) र कोभिड १९ र्‍यापिड एक्सन टास्क फोर्स (सी १९ आरएटी) को संयुक्त आयोजनामा सफाइकर्मीलाई खाद्यन्न तथा स्वच्छता सामग्री […]

यो पनि पढ्नुहोस

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

१८ भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । ‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, […]

यो पनि पढ्नुहोस

तालिबानको नियन्त्रणमा नआएको पञ्जशिर उपत्यकामा भीषण युद्ध

१८ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु

२३ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी एक हजार ९६० जना गम्भीर घाइते भए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा […]

यो पनि पढ्नुहोस

केपी ओली जाने तयारी भएको भेला रोक्न रघुजी पन्तको सुझाव

१८ भदौं, काठमाडौं । नेकपा एमाले निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला रोक्न स्थायी कमिटी सदस्य रघुजी पन्तले सुझाव दिएका छन् । दशबुँदे सहमति अनुसार पार्टी अगाडि बढ्न यो भेला रोक्नुपर्ने पन्तले सुझाव दिएका हुन् । २ जेठ २०७५ अगाडि पन्त पीपीएलएका इन्चार्ज थिए । ‘म पीपीएलएको इन्चार्ज हो । मैले […]

यो पनि पढ्नुहोस

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

काठमाडौं, भदौ १८- अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । त्यस्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेत का अनुसार पक्राउ पर्नेमा सबै पुरुष रहेको जानकारी दिए […]

यो पनि पढ्नुहोस

विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

१८ भदौ, काठमाडौ । ब्राजिलले विश्वकप छनोटमा चिलीलाई १-० ले हराएर शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो लगातार सातौं जित जित हो । छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा वैकल्पिक खेलाडी एभरवन रिवेइरोलेको एक मात्र गोलमा ब्राजिलले जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रिवेइरोले ६४औं मिनेटमा गोल […]

यो पनि पढ्नुहोस

अमेरिकाको बाढीमा तीन नेपालीको मृत्यु भएको पुष्टि

१८ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ । समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको […]

यो पनि पढ्नुहोस

दुई वर्षदेखि जेलमा रहेका चितवनको कालीबहादुर गणका निर्दोष सैनिकले पाए न्याय

चितवन,भदौं १८- ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। सैनिक विशेष अदालतबाट सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका हुन्। पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको […]

यो पनि पढ्नुहोस