विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

१८ मंसिर, काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् ।

यता, काङगेरी-२ आरोहणको अनुमति भने एक जना विदेशी आरोहीले लिएका छन् । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरेको छ । यद्यपि क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन भने सकेका छैनन् ।

सामान्यतयाः वीन्टर सिजनमा साना हिमाल आरोहण गरी वसन्त ऋतुका लागि सगरमाथासहित ठूला हिमाल आरोहणको तयारी गर्छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु