चितवनको कृषि विश्वविद्यालयमा अख्तियारको छापा

चितवन,फागुन १०-

चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाको टोलीले मंगलबार छापा मार्दै खरिद सम्बन्धि कागजपत्र संकलन गरेको हो । ३ वर्ष पहिले करिब साढे २ करोड बढी खर्चेर विश्वविद्यालयले कुर्ची, सोफा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न टोलीले छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख अर्जुन कुमार शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय तथा आंगिक कार्यालयमा राख्नका लागि करिब २ सय ९० थान कुर्ची सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्धामा अख्तियारले बेलाबखत बयान समेत लिदै आइरहेको थियो । अख्तियारको टोलीले स्थानीय अगुवाहरुसँगको रोहबरमा कुर्ची तथा कागजपत्रको विवरणको लगत संकलन गरेको छ । कुर्ची, सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । पछिल्लो समय कृषि विश्वविद्यालयमा अनियमितता बढेको भन्दै चर्को विरोध हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु