बुटवल–पाल्पा सडक आजदेखि ५ दिनसम्म दैनिक ४ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु