
नार्कोटिक्स कन्ट्रोल ब्यूरोद्वारा हास्य कलाकार भारती सिंह पक्राउ

(एजेन्सी) मुम्बई, मंसिर ७-घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ।
एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ।
लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षका तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छापा मार्दा गाँजा भेटिएपछि उनलाई पतिसहित पक्राउ गरिएको हो।
पक्राउ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो।
यी स्थानमा छापा मार्दा एनसिबीले ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।

पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्।
उनीहरूलाई आज अदालतसमक्ष पेस गरिनेछ।
भारतीय कानुन अनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो।
भारतमा एक हजार ग्राम गाँजालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।
जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसिबीले बलिउडमा लागुऔषध प्रयोगका बारेमा जाँच गरिरहेको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




