
झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते
३ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


