
सीडीओलाई काठमाडौं महानगरको पत्र – फुटपाथ व्यापारमा प्रतिबन्ध लगाऔं
२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् ।
यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो । उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताएकी छन् ।
यस्ता व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने उनको भनाइ छ ।
यदि यस्ता व्यापारीमा कोरोना संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने भन्दै उपप्रमुख खड्गीले फुटपाथ तथा ठेला व्यापार नियन्त्रण गर्ने महानगरपालिकाको नीति रहेको भन्दै यसलाई बन्द गर्ने गरी आदेश जारी गर्न माग गरेकी हुन् ।
हेर्नुहोस् महानगरपालिकाको पत्र


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



