
उर्लाबारी आगलागीका घाईतेहरुको उपचारका लागी प्रधानमन्त्री र मन्त्री लिम्बुबीच छलफल
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर किर्तिपुर बर्न अस्पतालमा उपचार गराईरहेका मोरङको उर्लाबारी आगलागी घटनाका २५ जना घाईते बिरामीहरुको अवस्थाबारे जानकारी गराउनुभएको छ ।
गत कार्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए ।
तीमध्ये २५ जनाको अहिले किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेकोमा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मन्त्री लिम्बुले प्रधानमन्त्री दाहालसंगको भेटमा घाईतेहरुको उपचार सहजीकरण र सम्पुर्ण उपचार खर्च राज्यले व्योहर्ने विषयमा पनि छलफल गर्नुभएको थियो ।
यसैवीच मन्त्री लिम्बुको पहलमा किर्तिपुरमा उपचाररत जलनका बिरामीहरुको उपचारका लागि जापानको ईताबासी मेडिकल एशोसिएशन हस्पिटलका वरिष्ठ डाक्टर हिरोयुकी ईजुमी नेपाल आईपुग्नुभएको छ । अमेरिकाबाट अर्को चिकित्सक टोली पनि आउन लागेको जानकारी प्राप्त भएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


