कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी

५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् ।

चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् ।

विजयी भएकी भगवतीले १० हजार ४८४ मत प्राप्त गरिने भने पराजित भएकी थारुले ६४७७ मत पाइन् ।

कैलारीमा कांग्रेस-माओवादीले गठबन्धन गर्ने निर्णय गरेपछि दुवै पार्टीले दुवै पदमा आ-आफ्ना उम्मेदवार उठाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु