
गुगललाई पछि पार्दै पहिलो स्थान पाउन सफल चिनियाँ एप टिकटक
काठमाडौँ, पुस ११-
सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक पहिलो बनेको छ ।
अमेरिकी सर्च इञ्जिन गुगललाई उछिनेर चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक पहिलो स्थानमा आएको हो ।
इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा टिकटकले गुगललाई शीर्ष स्थानबाट पछि पारेको र त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ।
सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउड फ्लेअरका अनुसार प्रयोगकर्ता गुगलमा भन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको अनलाइनमा सामाजिक सञ्जाल टिकटकको बढी खोजी हुन थालेको छ ।
यो वर्ष टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको अनुमान छ।
गतवर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्सलगायत साइट प्रथम १० स्थानमा थिए।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



