एक थान भरुवा बन्दुक सहित पक्राउ
स्याङ्जा-चापाकोट नगरपालिका-७ बडडाँडा बस्ने ४१ वर्षीय बम बहादुर मल्ललाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रत्नपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्नेक्रममा अवैध रुपमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


