
बाघको छाला सहित पक्राउ
दाङ-घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । स्रोत: नेपाल प्रहरी
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


