
भदौ ३० गते सात वटै पालिकामा अधिवेशन गर्दै चितवन कांग्रेस
भरतपुर, २५ भदौ । नेपाली कांग्रेस चितवनले भदौ ३० गते जिल्लाका सात वटै पालिकामा अधिवेशन गर्ने भएको छ । जिल्ला सभापति र स्थानीय तहका सभापतिबीचको छलफलपछि भदौ २७ गते तोकिएको गाउँ/नगर/महानगर कार्यसमितिको निर्वाचन भदौ ३० गते गर्ने तय भएको हो ।
गाउँ/नगर/महानगर कार्यसमितिको लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन् । सबै मतदाताको विवरण आउन र त्यसलाई चेकजाँच गरी मतदाता नामावली तयार गर्न ढिलो हुने भएकाले भदौ ३० गते सबै पालिकाहरुमा निर्वाचन गर्न लागिएको नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बताए ।
भरतपुर महानगरपालिका–७ बाहेक जिल्लाका ९७ वटै वडाबाट वडा सभापति र क्षेत्रीय प्रतिनिधिको नामावली आउने क्रम जारी रहेको उनले बताए । भरतपुर–७ मा शुक्रबार निर्वाचन हुँदै छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


