
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जोरपाटीबाट पक्राउ
२४ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा-१० घर भइ गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले लामालाई ७ दिन कैद र ११ लाख जरिवाना सुनाएको थियो।
महाराजगञ्जबाट खटिएको प्रहरीले लामालाई नयाँबस्ती जोरपाटीबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर कृषि विकास बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



