
‘धरहराको घाँटी मर्काउन सक्छन्’ रानीपोखरीमा ढुंगा हान्न सक्छन्ः ओली
काठमाडौं,भदौं २०-
एमाले अध्यक्ष केपी ओलीले आफूले सुरुवात गरेका विकास निर्माणका काम रोक्न वर्तमान सरकार लागेको आरोप लगाएका छन्। काठमाडौं महानगरस्तरीय भेलामा शनिबार बोल्दै ओलीले आफूले सुरुवात गरेका विकास निर्माण रोकेर विकास विरोधी काममा सरकार लागेको आरोप लगाए।
‘यो सरकारले कुनै रचनात्मक काम गर्ने सक्दैन, बरु बिगार्छ, भत्काउने हो,’ ओलीले भने। सरकारलाई विकास विरोधी बताउँदै उनले भने, ‘भक्तपुरमा राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएका थिए नि एक पटक। तपाईंहरू नहुने हो भने धरहराको पनि यसरी घाँटी मर्काउँछन् यिनीहरूले। रानीपोखरीमा ढुंगा हान्न सक्छन्।
चीनसँग हुँदै नभएको सीमा विवादलाई झिकेर सरकारले दुई देशबीचको सम्बन्ध तनावग्रस्त बनाउन लागेको ओलीले आरोप लगाए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



