भाजपा विदेश विभाग प्रमुखले गरे प्रधानमन्त्री देउवासँग भेट

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु