
कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है-गायक प्रकाश सपूत

काठमाडौं, असार २२
गायक प्रकाश सपूतले आफ्नै सबारी किनेका छन जुन खबर अहिले निकै चर्चाको बिषय बनेको छ। मेहनतले मनिसलाई मुकाम सम्म अबस्य पुर्याउछ भन्ने कुरा प्रकाशले प्रमाणित् गारिदिएका छन।
प्रकाशले करिब ५० लाख पर्ने हुन्डाईको क्रेटा मोडलको गाडी किनेका हुन् जुन सेतो रङको छ। मंगलबार प्रकाशले गाडीको भ्लगसँगै फेसबुकमा स्टाटस पोस्ट गरेका छन्।
उनले लेखेका छन –
सपना, संघर्ष, सिर्जना, सफलता मेरो !
साथ, सहयोग, शुभेच्छा तपाईहरुको ।
सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है।”
जिवनको पहिलो गाड़ी

गाडी किन्ने दक्षता बनाउन सकेकोमा प्रकाश खुसी छन्।
प्रकाशले गाडीको लाइसेन्स लिएका छैनन्। अहिले गाडी उनका भाइले चलाउनेछन्। तर छिट्टै लाइसेन्स निकालेर परिवारलाई लिएर लामो यात्रामा जाने उनको योजना छ।
प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘मेरो पनि होइन र यो देश?’ लगायत थुप्रै गीतहरु गीत लोकप्रिय छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]





