गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले प्राप्त गरे विश्वासको मत

krishna-chandra-nepali-pokhrel

 

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी शुक्रबार उनले शुक्रबार प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा ३१ मत परेका थिए भने विपक्षमा २७ मत परेका थिए। मतदान प्रकृयामा कुल ५८ सदस्य सहभागी भएका थिए।

२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।

जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछि सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।

मुख्यमन्त्री नियुक्त भएको सात दिनमै विश्वासको मत लिएका पोखरेलले अब मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। २९ जेठमै चार जना मन्त्री नियुक्त गरेको भए पनि जिम्मेवारी बाडफाँड गरेका छैनन्।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु